काठमाडौं । काठमाडौंको सिनामंगलबाट बरामद गरिएको ६१ किलो सुन प्रकरणको थुनछेक बहस देखि सुरू हुने भएकाे छ ।
उक्त प्रकरणमा संलग्न प्रतिवादीहरुको बयान मंगलबार सकिएकाले बुधबारदेखि थुनछेक बहस सुरु हुन लागेकाे हाे ।
यसअघि मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएको छ ।
सो सुन प्रकरणबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सकाएर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछी प्रतिवेदनमाथि छानबीन गरी जिल्ला अदालत काठमाडौंमा राय सहितको प्रतिवेदन पेश गरिएको हो ।





















प्रतिक्रिया