Logo

प्रमुख समाचार

दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद, तीन जना पक्राउ



काठमाडौं । प्रहरीले दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद गरेको छ । बुधबार राति इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले सुन जस्तो देखिने चार थान बिस्कुट बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दोलखाका डिएसपी दीपक खड्काले भने–‘सुन जस्तो देखिने धातु बरामद गरेर परीक्षणका लागि पठाएका छौँ ।’ इलाका प्रहरी कार्यालय सिंगटी र जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले सुन कारोबारमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तिब्बती सीमा लामबगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशङ्का गरिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार १०:३०   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।