काठमाडौं । प्रहरी नियन्त्रणबाट रिहा भएलगतै अभिनेता अनमोल केसीले फिल्म ‘रावायण’का निर्मातालाई आफूले लिएको १० लाख रुपैयाँ फिर्ता गरेका छन् । आर्थिक लेनदेन विवादको मुद्दामा पक्राउ परेर आइतबार रिहा भएका उनले सोमबार निर्मात्री चन्द्रकला कटुवालको नाममा १० लाखकाे चेक काटेका हुन् ।
नबिल बैंकमा आफ्नो नाममा रहेको खाताको चेक केसीले निर्मात्री कटुवाललाई दिएका हुन् । फिल्म ‘रावायण’को विवादमा निर्मात्री कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । केसीले पेश्की रकम लिएर पनि फिल्ममा काम गर्न नमानी आर्थिक विश्वासघात गरेको जाहेरीमा उल्लेख थियो ।
प्रहरीले केसीलाई शुक्रबार बेलुका भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो । आइतबार केसीलाई काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न तीन दिनको अनुमति दिए पनि अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको थियो ।
प्रतिक्रिया