Logo

प्रमुख समाचार

पुरानो बसपार्कमा स्कुटरमाथि चढ्यो आर्मीको गाडी, एकजनाको घटनास्थलमै गयो ज्यान



काठमाडौं । पुरानो बसपार्कमा नेपाल आर्मीको एक गाडीले स्कुटरलाई किच्दा एकजनाको घटनास्थलमै ज्यान गएको छ ।

अहिले बेलुका ८ बजेर ३० मिनेट आसपासमा दुर्घटना भएको हो । ट्राफिक प्रहरीले घटनामा एक युवतीको ज्यान गएको पुष्टि गरेको छ । प्रहरीले थप जानकारी खोजिरहेको जानकारी दिएको छ ।

काठमाडौंको भद्रकाली मन्दिर नजिकै नेपाली सेनाको मोडमा ट्रकको ठक्करबाट स्कुटर काठमाडौं ताहाचल घरकी ३२ वर्षीया स्कुटर चालक आकृति शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । बागमती प्रदेश–०२–०१८ पी–९२७७ नम्बरको ३–०१–०० जी ३७०५ नम्बरको ट्रकमा नेपाली सेनाका चालक हुडा मोहम्मद नुरेन देवानले स्कुटरलाई ठक्कर दिएका थिए । 

 

-पुरानाे बसपार्क हुनुपर्नेमा अन्यथा भएकाेमा सच्याएका छाैं ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार २१:१४   :  बजे

1.4K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।