काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका योगराज ढकाल ‘रिगल’लाई आममाफी दिएको विरोधमा अनसनरत उनकी पत्नी भारती शेर्पा मानन्धरलाई समर्थन गर्न पुगेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीको आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगेका युवाहरुले युट्युबरलाई अन्तवार्ता दिँदा ‘दोषीलाई आममाफी दिने राष्ट्रपतिलाई शीतल निवासबाट निकालेर सडकमा घिसार्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएपछि प्रहरीले पक्राउ गरेको हाे ।
प्रहरीले सोम शर्मा, यादव सिंह, उद्धव वस्नेत, जेनीशा बोहरा र अनसन बसेका आषिस मल्ललाई पनि प्रहरीले पक्राउ गरेर सिंहदबार वृत्त लगेको छ । रिगललाई संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । त्यसै विषयमा भारती दुई दिनदेखि आममाफी फिर्ता हुनुपर्ने माग राखेर माइतीघरमा अनसन बसेकी छिन् ।
प्रतिक्रिया