काठमाडौं । सरकारले आइतबादेखि काठमाडौं उपत्यकासहित देशभर दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रदेशिक कार्यालयबाट एक कार्यक्रमका बीच सहुलियत पसलको औपचारिक उद्घाटन गरेका छन् ।
उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइएको हो ।
मंसिर ३ गतेसम्म देशैभरि सहुलियत पसल सञ्चालन हुनेछ।
तस्बिरहरू:
प्रतिक्रिया