Logo

मनोरञ्जन

सरोज गिरीको शब्द र आशिष थापाको स्वरमा ‘तिमी बिना’ सार्वजनिक



काठमाडौं । युवा गायक आशिष थापाको नयाँ गीत ‘तिमी बिना’ सार्वजनिक भएको छ ।

थापाको स्वरमा सार्वजनिक भएको उक्त गीतमा सरोज बीर बिक्रम गिरीको शब्द रहेको छ । गीतमा स्वयंम गायक थापाले नै संगीत भरेका छन् । राहुल विश्वकर्माको गीतार र भुवन गन्धर्वको तबलाको धुनले गीतलाई झनै सुमधुर बनाएको छ ।

बिक्रान्त रेग्मीद्वारा डिजाइन गरिएको उक्त गीतको लिरिकल भिडियो गायक आशिष थापाको अफिसियल युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको हो ।

भिडियो हेर्नुहोस् :

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार १३:२५   :  बजे

264
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।