Logo

समाचार

रिगललाई पुनः जेल चलान गर्नुपर्ने माग राख्दै माइतीघरमा प्रदर्शन



काठमाडौं । संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः जेल चलानको माग राख्दै प्रदर्शन गरेका छन् । महिला अधिकारकर्मीहरूले कैद माफी फिर्ता गरी उनलाई जेल चलानको माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा बुधबार प्रदर्शन गरेका हुन् ।

प्रदर्शमा उत्रिएका महिला अधिकारकर्मीहरूले यो घटनाले संविधानको धज्जी उडाएकाले आफूहरू प्रदर्शनमा उत्रिनु परेको बताएका छन् । यसैगरी रिगलले दिउँसै खुँडा प्रहार गरी हत्या गरेका नेपालगञ्जका चेतन मानन्धरकी श्रीमती भारतीले न्याय पाउनुपर्ने र महिलामाथि हिंसा गर्नु नहुने बताएका छन् ।

रिगललाई कैद मिनाहा दिइएको भन्दै त्यसको विरोधमा मृतककी पत्नी भारती माइतीघरमा अनशनरत् छिन् । चेतनको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका उनलाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाहा गरेको थियो ।

रिगललाई रिहा गरेको बारेमा परेको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाउ आदेश जारी गरिसकेको छ ।

प्रकाशित मिति : आश्विन २४, २०८० बुधबार  ४ : १६ बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।