काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनवाइ हुन सकेन । जिल्ला अलालतमा न्यायाधीश अपर्याप्त भएकाले मुद्दा स्थगनमा परेको हो । जिल्ला अदालतमा ५ न्यायाधीशकाे पद रिक्त छ भने भएका न्यायाधीशमध्ये तीन जना बिदा बसेका कारण आज नपि सन्दीपकाे मुद्दामा सुनुवाइ हुन नसक्ने अवस्था आएकाे हाे ।
अदालतमा मुद्दाका ३० वटा फाँट छन् भने ३० जना न्यायाधीशकै दरबन्दी छ । एउटा फाँटको मुद्दा एक न्यायाधीशको इजलासमा पर्छ । हरेक बिहान गोला तानेर न्यायधीश र फाँटको टुंगो लगाइन्छ । आज सन्दीपको २८ नम्बर फाँटसहित ९ वटा फाँटका मुद्दा स्थगनमा परेका छन् ।
अदालतका सूचना अधिकारी दीपक दाहालका अनसार आज ३० मध्ये २१ जनामात्रै न्यायाधीशको उपस्थिति छ । ६ जना न्यायाधीश सरुवा भएर आइनपुगेको र ३ जना न्यायाधीशले व्यक्तिगत कारण देखाएर बिदा लिएको उनले जानकारी दिए ।
आज उपलब्ध २१ जनाले गोला थुत्दा २८ नम्बर फाँटको कसैले पनि थुतेन । यसअघिका दुईवटा पेशी पनि न्यायाधीश अभावकै कारण स्थगित भएका थिए ।
प्रतिक्रिया