काठमाडाैं । दशैँ आएसँगै आकाशमा चराहरू उडेझैं रंगीविरंगी चङ्गाहरू पनि उडाइन्छन् । बालबालिका मात्रै नभई सबै उमेर समूहका मानिस चंङ्गामा रमाउँछन् । मन्द हावामा उडिरहेका रंगीचंगी चङ्गाहरूले दशैँको माहोल सिर्जना गर्दछ ।
तर पछिल्लो समय चङ्गा उडाउने परम्परामा कमी आएको देखिन्छ । कुनै समय चङगाले भरिभराउ हुने असनका गल्लीहरू अहिले लगभग सुनसान छन् । असनका चङ्गा पसलहरू प्राय: खालीखाली देखिन्छन् ।
दशैँ आएपनि विगतका दिनमा जसरी ग्राहक नआएका व्यवसायी बताउँछन् ।
तस्बिरहरू:–
प्रतिक्रिया