Logo

मनोरञ्जन

दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’मा एलिना र सजिना उत्कृष्ट



काठमाडौं । एलिना ताम्राकार र सजिना सुवाल दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’ को विजेता भएका छन् । क्याफे थिमतर्फ एलिना विजेता बन्दा थेसिसतर्फ सजिना विजेता घोषित भएकी हुन् । एक्स्पोमा क्याफे थिमतर्फ निखिला ढुङ्गाना दोस्रो, तिब्रता खड्काले तेस्रो बन्दा पब्लिक च्वाइस अवार्ड निशा खड्काले जितिन् ।

थेसिस तर्फमा भने कविता किङज्रिङ मगर दोस्रो, प्रमिता श्रेष्ठले तेस्रो हुँदा दिक्षित खड्काले पब्लिक च्वाइस अवार्ड प्राप्त गरिन् । विजेतालाई समापन समारोहमा प्रमुख अतिथि माल्टाका अबैतानिक बाणिज्य दुत तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले अवार्ड, नगद तथा प्रमाण पत्र प्रदान गरे ।

कार्यक्रममा संचारकर्मी सुशील नेपाल, बरिष्ठ गायक उदय सोताङ, द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेल, एचआर प्रमुख सादिक्य आचार्य र फेसन डिजाइनर कुशुम श्रेष्ठ अथितिका रुपमा रहेका थिए ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजना लतिलतपुरको पुल्चोकस्थित लबिम मलमा २५ र २६ गते (बिहिबार र शुक्रबार) आयोजित एक्स्पो ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, पुर्व मन्त्री भिमसेनदाश प्रधानलगायतको उद्घाटनसँगै सुरु भएको थियो ।

प्रदर्शनि र प्रतिस्पर्धामा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ८० विद्यार्थीका इन्टरियर सम्बन्धि बिभिन्न सिर्जना राखिएका थिए ।

एक्स्पोमा दुई प्रकारको प्रदर्शनी थियो । एउटा अध्यायन गरेर ६ महिना मात्र भएका बिदार्थीको क्याफे डिजाइन थिम र अर्काे अर्काे ग्राजुयट भएका बिद्यार्थीको थेसिस थिम । थेसिस बिद्यार्थी कसैको बुटिक, कसैको रिसोर्ट, कसैको अफिस लगायत थिमका डिजाइन तयार गरेको आईआईएफटीकी कार्यकारी निर्देशक बिपना थापाले बताइन् ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार १९:४७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।