Logo

आजको तस्बिर

इजइजरायलमा ज्यान गुमाएकाहरूप्रति श्रदाञ्जली अर्पण गर्दै स्वयम्भूमा दीप प्रज्वलन (तस्बिरहरू)



काठमाडौं । इजरायलमाथि प्यालेस्टाइनी इस्लामिक समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जना विद्यार्थीको आत्मको चिर शान्तिको कामना गर्दै स्यम्भू स्तुपामा दीप प्रज्वलन गरिएकाे छ । हमलामा परि हजारौं इजरायली नागरिकका साथै नेपाली तथा दर्जनौं विदेशी नागरिकको मृत्यु भएको घट्नाप्रति खेद व्यक्त गर्दै कृषि मेशिनरी व्यवसायी संघ (नामिया)ले आज दीप प्रज्वलन गरेकाे हाे ।

शोकाकुल परिवारप्रति सहनुभूति प्रकट गर्दै दीप प्रज्वलनको आयोजना गरिएको इजरायलमा कृषि काम गरि फर्कि एका शलोम एग्रीकल्चरका अध्यक्ष तथा नामियाका कोषाध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । दीप प्रज्वलन कार्यक्रममा शलोम क्लब लगायत नामियाका पदाधिकारीहरु सम्मिलत कार्यक्रममा दीप प्रज्वलनको आयोजना गरिएको हो ।

कार्यक्रममा नामियाका अध्यक्ष कृष्ण शर्मा, शलोम क्लबका प्रतिनिधिले श्रदाञ्जली व्यक्त गरेका थिए । कार्यक्रमपछि एक मिनेट मौन धारणगरि शोकाकुल परिवारप्रति संवेदना व्यक्त गरिएकाे थियाे ।

तस्बिरहरू:– 

प्रकाशित मिति : आश्विन २८, २०८० आईतबार  ९ : २३ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।