Logo

प्रमुख समाचार

११ किलो सुन प्रकरणमा थप १ जना समातिए, पक्राउ पर्नेकाे संख्या ११ पुग्याे



काठमाडौं । दोलखाबाट बरामद गरिएको सुन प्रकरणमा थप १ जना पक्राउ परेका छन् । दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा संलग्न रहेको आरोपमा रसुवाका ३८ वर्षीय चेतनाथ न्यौपानेलाई प्हरीले पक्राउ गरेको हो ।

उनलाई काठमाडौंबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता (एसपी) नवराज अधिकारीले जानकारी दिए । यससँगै यो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ ।

यसअघि चीनको सिचुवान घर भएका गेङ रोउ, ६२ वर्षका सनत प्रधान, लालबहादुर तामाङ, दोलखा घर भएका राज तामाङ, केशर तामाङ, माधव मगर, पेम्बा तामाङ, नुर्बु छिरिङ शेर्पा, सुनमाला तामाङ, चसमान तामाङ उर्फ च्याङ्बा पक्राउ परिसकेका छन् । पछिल्लो पटक पक्राउ परेका न्यौपानेले तस्करी गरेर ल्याएको सुन किन्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

असोज ११ मा पहिलोपटक सिंगटीमा ४ किलो सुन भेटिएको थियो । त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट ३ किलो र तेस्रोपटक लामाबगरबाट ढुंगामुनि लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद गरिएको छ । तस्कर समूहले दोलखा र तिब्बत आउजाउ गर्ने ‘फलेक बोर्डर’ स्थित खोलाबाट तारेर सुन ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : कार्तिक २, २०८० बिहीबार  १ : ०५ बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।