Logo

अचम्म

कुकुरको आक्रमणबाट भारतका चर्चित ‘बिजनेस म्यान’को मृत्यु



काठमाडौँ । भारतको गुजरातमा कुकुरको आक्रमणबाट एक चर्चित ‘बिजनेस म्यान’ (व्यवसायी) को मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ‘बाघ बकरी’ ब्राण्डको चिया कम्पनीका मालिक पराग देसाईलाई १५ अक्टोबरका दिन कुकुरको एक समूहले सडकमा आक्रमण गरेका थिए ।

बिहानै डुल्न निस्किएका उनीमाथि एक्कासि कुकुरले आक्रमण गर्दा लडेर घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई स्थानीय शेल्बी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अवस्था जटिल बनेपछि उनलाई हेबतपुर रोडस्थित अर्को एक निजी अस्पतालमा भर्ना गरिएको थियो ।

तर स्वास्थ्यमा जटिलता बढ्दै गएर आइतबार उनको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको चिया कम्पनी भारतको २४ राज्यमा विस्तार भएको छ भने करिब ६० देशमा आफ्नो उत्पादन निर्यात गर्दै आएको छ ।

प्रकाशित मिति : कार्तिक ७, २०८० मंगलबार  ७ : ०० बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।