काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका संस्थापक एवं संचालक समितिका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको निधन भएको छ । ९४ वर्षको उमेरमा कार्तिक ६ गते मेडिसिटी अस्तालमा उपचारको क्रममा उनको असामयहीक निधन भएको हो ।
बैंकले बुधबार श्रेष्ठको निधन भएको जानकारी गराउँदैि उनको कुशल नेतृत्व एवंम अभिभावकत्वमा उदाहरणीय प्रगति गर्दै आफूलाई दिगो, दरिलो र विश्वासीलो बैंकको रुपमा स्थापित गर्न सफल भएको बताएको छ ।
श्रेष्ठको अन्त्येष्टि उनको इच्छा बमोजिम, एभरेष्ट बैंकको सहयोगमा पशुपतिमा सञ्चालनमा रहेको कम दाउराले शव जलाइने प्रविधिमा आधारीत वुडन क्रिमेटरीमा कार्तिक ७ गते सम्पन्न भएको छ ।
बैंकले यस दुखद घडीमा सान्तवना प्रदान गर्ने सबैमा धन्यवाद वक्त गर्दै, शोकाकुल श्रेष्ठ परिवारमा हार्दिक समवेदना व्यक्त गरेको छ ।




















प्रतिक्रिया