Logo

प्रमुख समाचार

प्रा. डा. शिव भुसाल त्रिविकाे उपकुलपति नियुक्त



काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. शिव भुसाल नियुक्त भएका छन् । उनले आजै पदभार ग्रहण गरेका छन् । यसअघि उनले त्रिवि रेक्टर भएर काम गरेका थिए ।

२०७६ सालमा धर्मकान्त बास्काेटा त्रिविका उपकुलपति नियुक्त भएका थिए । उनकाे केही दिन अघि कार्यकाल सकिएकाे हाे । त्रिभुवन विश्वविद्यालयकाे कुलपति प्रधानमन्त्री हुने व्यवस्था रहेकाे छ । त्यसकारण उपकुलपतिकाे जिम्मेवारी महत्वपूर्ण रहने गरेकाे छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १७:२९   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।