काठमाडौं । काठमाडौं महानगरपालिकाले जाजरकोट भूकम्पका प्रभावितहरुका लागि २ हजार थान ब्ल्याङ्केट पठाएको छ । नेपाली सेनाको स्काइ ट्रकबाट ब्ल्याङ्केट पठाइएको हो ।
महानगरले २ हजार घर परिवारका लागि खाद्यान्न, औषधि तथा सफाइ सामग्री पनि पठाउने तयारी गरेको छ । ती राहत सामग्री स्थल मार्गबाट पठाउने तयारी गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
महानगरको विपद व्यवस्थापन विभागका प्रमुख गंगाधर गौतमका अनुसार भूकम्प प्रभावित क्षेत्रमा प्रति परिवार ५ किलो चामल, २ किलो चिउरा, १ किलो दाल, १ किलो नुन र एक लिटर खाने तेल पठाइनेछ ।
राहत सहयोगसँगै प्राविधिक सहयोग आवश्यक परे काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउने नगर प्रमुख बालेन शाहले बताएका छन् ।




















प्रतिक्रिया