Logo

अर्थ

दशैं सकिएसँगै जिउँदो कुखराको मूल्य किलोमा ५० रुपैयाँले घट्यो



काठमाडौं । दशैं सकिएसँगै व्यापारीहरुले ब्रोइलर कुखुराको बिक्री मूल्य घटाएका छन् । कुखुरा बिक्री व्यवसायीहरुको संस्था नेपाल नेपाल कुखुरा बिक्री व्यवसायी संघले १२ कात्तिकदेखि यताको ९ दिनमा जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य ५० रुपैयाँले घटाएको हो ।

संघका अध्यक्ष जंगबहादुर बिसीकाअनुसार १२ गतेयताको ९ दिनमा ५० रुपैयाँले प्रतिकिलो मूल्य घटेको छ । बजारमा उत्पादन धेरै र खपत कम भएपछि मूल्य घटेको बिसीले बताए ।

संघले १२ कात्तिकमा प्रतिकिलो मूल्य २८० रुपैयाँबाट घटाएर २७० रुपैयाँ तोकेको थियो । त्यसको २ दिनपछि १४ कात्तिकमा पुनः किलोमा १० रुपैयाँले मूल्य घटाएर २६० रुपैयाँ कायम गर्‍यो । १६ कात्तिकमा पुनः किलोमा १० रुपैयाँले घटेको मूल्य १९ कात्तिकमा २५० बाट घटेर २४० रुपैयाँमा आइपुगेको थियो ।

यस्तै सोमबार २० कात्तिकमा संघले पुनः प्रतिकिलो मूल्य १० रुपैयाँले घटाएर २३० रुपैयाँ तोकेको छ । सो मूल्य २१ कात्तिकको बिहानदेखि लागू हुने छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार २१:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।