Logo

आजको तस्बिर

आहा ! मखमली र सयपत्रीले सजिएको गुन्डु (तस्बिरहरू)



काठमाडौं । भक्तपुरको गुन्डुस्थित फूलका बगैँचा मखमली र सयपत्रीले सजिएको धपक्क बलेका छन् । नेपालीहरूकाे दोस्रो ठूलो पर्व तिहार नजिकिंदै गर्दा बगैँचाका फूल टिपेर माला उन्ने र बजार पठाउन कृषकलाई भ्याइनभ्याइ छ ।

त्यसैले बगैँचाक फूलहरु रित्तिने क्रम बढेको छ । यस वर्ष तिहार ढिला भएकोले फूलका बगैँचा लगभग रित्तिएका छन् । यसपटक धेरैजसो कृषकले मखमली टिपेर बजार पठाइसकेका छन् । तिहार ढिला हुँदा यसपटक उनीहरुले दशैँलगत्तै फूल र माला बजार पठाएका हुन् ।

तिहार नआउँदै मखमली फूल भने लगभग रित्तिएका छन् ।विगत वर्षझैं यसवर्ष पनि गुन्डुका किसानहरूले सयपत्री, गोदावरी र मखमली फूल खेती गरेका छन्। तिहारमा देशविदेशबाट फूलको माग हुन्छ । मखमली फूल नओइल्याउने हुँदा साउन भदौदेखि नै निर्यात गर्ने गरिएको कृषकहरु बताउँछन् । मखमली फूल भाइटिकाको दिन मालाको लागि प्रयोग हुन्छ ।

अब बाँकी रहेको फूल काठमाडौं उपत्यकामा पठाइने उनीहरु बताउँछन् । सयपत्री फूलभने ओइल्याउने हुँदा तिहार सुरु भएपछि मात्र टिपेर बेचिन्छ । यहाँ हरेक खेतका आली सयपत्री फूलले ढकमक्क छन् । सयपत्री र गोदावरी भने पूजादेखी मालासम्मको लागि प्रयोग गरिन्छ ।

तस्बिरहरू:–

 

 

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार १५:२६   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।