Logo

मनोरञ्जन

डा. दामोदर पाण्डेकाे ‘तिम्रो याद’ सार्वजनिक (भिडियाेसहित)



काठमाडाैं । गायक डा. दामोदर पाण्डेकाे स्वरमा नयाँ गीत भिडियो ‘तिम्रो याद’ सार्वजनिक भएको छ। आज नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक पाण्डेकै शब्द रचना रहेको छ ।

गीतमा उपेन्द्रलाल सिंहले संगीत भरेका छन् भने गीतको एरेन्जको पाटो एरेन्जर प्रमोद परियारले सम्हालेका छन्। भिडियाेकाे निर्देशन भने निर्देशक सान थापाले गरेका हुन् ।

बुद्ध थापाको सिनेमेटोग्राफी रहेको गीतको भिडियाेमा मोडल बिकास लामिछाने र समारिका ढकालले अभिनय गरेका छन् । भिडियाेलाई न्याय दिन लामिछाने र ढकालले भरपुर मेहेनत गरेका छन् । यी दुईको जोडी भिडियाेमा उत्तिकै जमेको छ।

गायक पाण्डे अमेरिकामा बस्छन। नेपालमै जन्म लिई हुर्की डाक्टर बनेका पाण्डे हाल अमेरिकामै कार्यरत छन्। अमेरिका बसे तापनि उनीमा नेपालीपन, नेपाल र नेपाली संगीतप्रतिको माया भने कहिले फिक्का भएन। फलत, उनले ‘तिम्रो याद’ बजारमा ल्याएका हुन् ।

हेर्नुहाेस् भिडियाे:–

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार १८:१२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।