Logo

शिक्षा

एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१ मा एसईई परीक्षामा समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको हो ।

मङ्सिर मसान्तसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ । मङ्सिर मसान्तसम्म फाराम भर्दा ३०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ भने दोब्बर दस्तुरमा ६०० रुपैयाँ तोकिएको छ । दोब्बर दस्तुरका लागि पुस १ देखि १५ गतेसम्मको समय तोकिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार ११:०६   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।