काठमाडौं । प्रधानसेनापति बन्ने लाइनमा रहेका उपरथी ताराध्वज पाण्डेले उमेर विवादमा मुछिएपछि राजीनामा दिएका छन् । नेपाली सेनाको जङ्गी अड्डाले भावी प्रधानसेनापतिका रुपमा अघि बढाउदै रथीमा बढुवा सिफारिस गरेकाे भएपनि पाण्डेको जन्ममितिबारे कैफियत देखिएपछि राजीनामा दिएका हुन् ।
स्राेतका अनुसार पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष राजीनामा बुझाएका हुन् । यसअघि पाण्डेको उमेरसम्बन्धी विवाद छानबिन गर्न सेनाले रथी सीताराम खड्काको नेतृत्वमा समिति गठन गरेको थियो । उक्त समितिले पनि छानबिनका क्रममा जन्ममितिमा कैफियत भेटेको स्राेतले जानकारी दियाे ।
पाण्डेका दुईवटा अलग अलग नम्बरका नागरिकता समेत रहेको बताइएको छ । साथै एसएलसीको प्रमाणपत्रमा केरमेट गरेको पाइएको छ ।
प्रतिक्रिया