काठमाडौं । इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेललाई मञ्चमै फिल्मको अफर आएको छ । उक्त शोको दिपावली विशेष एपिसोडमा एक गेस्टले उनलाई फिल्ममा अभिनय र गायनको प्रस्ताव राखेका हुन् ।
इण्डियन आइडलको मञ्चमै फिल्मको प्रस्ताव आएपछि मेनुकालाई दिपावलीको राम्रो उपहार मिलेको भन्दै प्रशंसा भैरहेको छ । फिल्मको प्रस्ताव आएपछि निर्णायकहरू पनि खुशि भएर ताली बजाएका छन् ।
कतिपय भारतीय संचारमाध्यमले लता मंगेशकरको आवाजसँग मेनुकाको आवाजलाई पनि तुलना गरिरहेकी छन् । अहिले उनी टप १५ मा प्रतिस्पर्धा गरिरहेकी छिन् ।
प्रतिक्रिया