Logo

खेलकुद

सुदूरपश्चिम सरकारले राष्ट्रिय टाेलीका तीन क्रिकेटरलाई १६ लाख रुपैयाँले पुरस्कृत गर्ने



कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले तीन राष्ट्रिय क्रिकेटरलाई १६ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रो किसान सहकारी लम्की जेसिज क्रिकेट कप २०८० को समापन समारोहमा याे घोषणा गरेका हुन् ।

नेपाललाई टी–२० विश्व कपमा पुर्याउन सफल भएको भन्दै राष्ट्रिय क्रिकेट टोलीमा रहेका सुदूरपश्चिमका तीन जनालाई पुरस्कृत गर्ने मुख्यमन्त्री शाहले घोषणा गरे ।

उनले दीपेन्द्रसिंह ऐरीलाई ६ लाख, सन्दीप जोरा र विनोद भण्डारीलाई पाँच/पाँच लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने बताए ।

प्रकाशित मिति : कार्तिक २६, २०८० आईतबार  ९ : ०० बजे

189
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।