Logo

प्रमुख समाचार

सिन्धुपाल्चोकमा गाडी दुर्घटना, ४ जना घाइते



काठमाडाैं । काठमाडौंबाट दोलखा जाँदै गरेको गाडी सोमबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका—६ मा दुर्घटना भएको छ।

सुनकोशी गाउँपालिका—६ को आठकिलोमा गाडी दुुर्घटना हुँदा ४ जना घाइते भएको र उनीहरूको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

गाडी आफैं अनियन्त्रित भएको र सडकबाट करिब सय मिटर तल खस्न पुगेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : कार्तिक २८, २०८० मंगलबार  १२ : १८ बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।