Logo

खेलकुद

चारदेशीय महिला टी–२० सिरिज : हङकङविरुद्ध नेपाल ५६ रनमै अलाउट



काठमाडौं । चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेलिरहेको छ । नेपाल खराब प्रदर्शनका कारण सीमित रनमा समेटियो । हङकङको वोङ नाइ स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्ने गरेको नेपालको ब्याट हङकङको बलिङसामू निरिह बन्दा ५७ रनको लक्ष्य दिएको छ ।नेपालले १८ ओमरमै अलाउट हुँदै ५६ रन जोड्यो ।

नेपालका लागि पूर्वकप्तानसमेत रहेकी रुविना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन् । उनले चार चौकाको मद्दतमा उक्त योगफल तयार जोडेकी हुन् । त्यसबाहेक नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

हङकङका इक्रा सहरले तीन, रुचिता भेनकातेसले दुई तथा बेत्ती चान र कार्य चानले समान एक विकेट लिए । यसअघि बुधवार पहिलो खेलमा नेपाली टोली तान्जनियासँग २७ रनले पराजित भएको थियो । नेपालले पहिलो पटक तान्जनियासँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार १३:०१   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।