काठमाडाैं । जुम्लाको चन्दननाथ नगरपालिका- ६ मा कुमारी बैंकले शाखा विस्तार गरेकाे छ । कम्पनीले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको बताएको छ ।
बैंकले आगामी दिनहरूमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्याउने योजना बनाएको छ । विगत २२ वर्षदेखि निरन्तर सेवा दिँदै आएको बैंककाे देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ वटा एटीएम, ४९ वटा एक्सटेन्सन काउन्टर तथा ६४ वटा शाखारहित बैंकिङ इकाईहरू सञ्चालनमा छ ।




















प्रतिक्रिया