काठमाडौं । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत मंगलबार दशरथ रंगशालामा हुने यमनविरुद्धकाे खेल हेर्न आउने दर्शकहरूलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरघरमा पुर्याउने भएकाे छ । खेल हेर्न आउने दर्शकलाई घरघर पुर्याउन एन्फाले १५ वटा बस व्यवस्था गरेको छ ।
एन्फाका खेल निर्देशक सञ्जीव मिश्रका अनुसार दशरथ रंगशालामा मंगलबार साँझ ७ बजेदेखि हुने नेपाल र यमनबीचको खेल सकिएपछि दर्शकलाई घर पुर्याउन विभिन्न रुटमा १५ वटा बस व्यवस्था गरिएको हो ।
बस चढेर घर फर्किन दर्शकले टिकटको अर्धकट्टी देखाउनुपर्नेछ । मिश्रका अनुसार त्रिपुरेश्वरबाट चक्रपथ हुँदै नारयणथानसम्म, त्रिपुरेश्वरबाट भक्तपुर सूर्यविनायकसम्म र त्रिपुरेश्वरबाट बौद्ध, जोरपाटीसम्मलाई बसकाे व्यवस्था गरिएकाे छ ।
यस्तै त्रिपुरेश्वरबाट कलंकी, सतुगंलसम्म र सोही गाडीले स्वयम्भूसम्म, त्रिपुरेश्वरबाट सोह्रखुट्टे, बालाजु हुँदै चक्रपथसम्म, त्रिपुरेश्वरबाट बल्खु हुँदै कीर्तिपुरसम्म पुग्ने बसकाे व्यवस्था एन्फाले गरेकाे छ । यसैगरी त्रिपुरेश्वरबाट एकान्तकुना हुँदै भैंसेपाटीसम्म, त्रिपुरेश्वरबाट लगनखेल हुँदै हात्तीवनसम्म र त्रिपुरेश्वरबाट सिनामंगलसम्म पुग्ने दर्शकहरूका लागि बसकाे व्यवस्था गरिएकाे एन्फाले जनाएकाे छ ।
प्रतिक्रिया