Logo

अचम्म

२३ वर्षीय वकिलले गरे ९१ वर्षीया काकीसँग बिहेको दाबी



बिहे सँगै जिउने मर्ने कसम खाएर गरिन्छ। सँगै जीवन विताउने भएकाले बिहेका लागि उमेर सुहाउँदो जोडी खोजिन्छ। तर, अर्जेन्टिनामा अनौठो घटना भएको छ। त्यहाँ एक जना २३ वर्षीय युवकले ९१ वर्षकी वृद्धासँग बिहे गरेको घटना सार्वजनिक भएको छ।

पेशाले वकिल रहेका मरिसिओले आफ्नी मृतक काकी योलान्डा टोरिसको पेन्सनमा दाबी गर्दै मुद्दा हालेका छन्।

आफूले सन् २०१५ को फेब्रुअरीमा आफ्नी ९१ वर्षीया काकी योलान्डासँग बिहे गरेको उनको दाबी छ। योलान्डाको मृत्यु सन् २०१६ को अप्रिलमा भएकाले पत्नीको पेन्सनको हकदार भएको दाबी उन्को छ।

तर छानबिनका क्रममा मरिसियोका छिमेकीहरूले उनको बिहेको दाबी गलत भएको बताएपछि प्रशासनले उनको पेन्सनको दाबी खारेज गरिदिएको छ।

अर्जेन्टिनाको उत्तर पश्चिमस्थित साल्टा सहरका बासिन्दा रहेका मरिसियो सन् २००९ मा आफ्ना बुवाआमाको डिभोर्स भएसँगै आमा, बहिनी, हजुरआमा र ठूली काकीसँगै बस्दै आएका थिए। सन् २०१६ मा उनकी काकी योलान्डाको मृत्यु भएपछि उनले काकीको पेन्सन पट्टा आफ्नो नाममा दर्ता गराउने कोसिस सुरु गरे। जसका लागि उनले काकीसँग आफ्नो एक वर्षअघि बिहे भएको झुटो दाबी प्रशासनमा पेस गरेका थिए।

उनको दाबीमा शंका लागेपछि प्रशासनले छानबिन सुरु गरेको थियो। त्यसका लागि उनका छिमेकीलगायतसँग जानकारी लिइएको थियो। जसमा छिमेकहीहरूले मरिसियो र योलान्डाबीच बिहे नभएको बताए। त्यसपछि प्रशासनले उनको दाबी खारेज गरिदिएको हो।

तर, मरिसियोले काकीसँग आफूले बिहे गरेको हुँदा आफ्नो नाममा पेन्सन सार्नका लागि सर्वोच्च अदालतसम्मै पुग्ने बताएका छन्।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार ०७:२०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।