काठमाडौं- मेडिकल ब्यावसायी दुर्गा प्रसाई घरमै नजरबन्द भएका छन्।
भक्तपुरस्थित उनको घर बाहिर ठूलो संख्यामा प्रहरीहरूले घेराबन्दी गरेका छन्। उनलाई विरोध सभामा सहभागी हुनबाट रोक्ने प्रहरी रणनीति रहेको थियो।
त्यसैले आज ११ बजेदेखि तीनकुनेमा गर्ने भनिएको आन्दोलनमा उनी सहभागी हुन पाएनन्। प्रहरीले प्रसाईंलाई बाहिर निस्कन अनुमति नभएको ‘माथिको आदेश’ भन्दै निस्कन दिएको छैन।
तीनकुनेमा पनि प्रहरीले उच्च सुरक्षा व्यवस्था अपनाएको छ।
दुर्गा प्रसाईले आन्दोलनकारीलाई लिएर नेताहरूको घरमा जाने अभिव्यक्ति दिएपछि उनलाई कडा सुरक्षा घेरामा राखिएको हो।
तीनकुनेमा आन्दोलन गर्न नपाएपछि दुर्गा प्रसाईं नेतृत्वको समूहले भक्तपुरको सानोठिमी क्षेत्रमा प्रदर्शन गरेको छ।
पुरानो ठिमीको कमेरोटारस्थित मुख्य सडकमा प्रदर्शनकारी प्रदर्शन गरिरहेका छन्। प्रदर्शनले पुरानो ठिमी हुँदै भक्तपुर जाने सडक अवरुद्ध बनेको छ।
तीनकुने क्षेत्रमा प्रदर्शन गर्न खोज्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तस्बिरहरू :






















प्रतिक्रिया