Logo

आजको तस्बिर

तुहिँदै दुर्गा प्रसाईंको आन्दोलन : आज तीन ठाउँमा कार्यक्रम, सहभागी कति ? [तस्बिहरू]



काठमाडौं- मंसिर ७ निकै चर्चामा थियो। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले हिन्दु राज्य र राजाको पक्षमा भन्दै आन्दोलन घोषणा गरेका थिए। उनले कार्यक्रममा लाखाैं मानिस सहभागी गराउने दाबी गरेका थिए।

तर, प्रसाईंले दाबी गरेको जस्तो भएन कार्यक्रम । कार्यक्रममा ९ हजार सहभागी भएको प्रहरी प्रक्षेपण छ। बल्खुमा प्रदर्शन गर्ने अनुमति पाएको प्रसाईंको उक्त आन्दोलन ‘औसत’ रह्यो। केही धरपकड भए पनि ठूलो अपृय घटना घटेन।

भोलिपल्ट शुक्रबार प्रसाईंले तीनकुनेमा आन्दोलन गर्ने घोषणा गरेका थिए। तर, प्रहरीले उनको भक्तपुरस्थित घरबाहिर ठूलो संख्यामा पहरा दियो। जस्ले गर्दा प्रसाईं बाहिर निस्केर आन्दोलनमा सहभागी हुन नै सकेनन्। तीनकुने पुगेका कतिपय उनका समर्थक पक्राउ पनि परे।

शनिबार पनि प्रसाईंको आन्दोलन खासै प्रभावकारी हुन सकेन। शनिबार उनीहरूले सिफलमा प्रदर्शनको आयोजना गरे। सिफलको पदर्शन खासै चर्चाबिनै सकियो।

आज आइतबारका लागि प्रसाईंले ११ बजेका लागि काठमाडौंका तीन ठाउँमा आन्दोलन गर्ने क्षेत्र तोके। कलंकी, बसपार्क क्षेत्र र रत्नपार्कमा प्रसाईंको आन्दोलन केन्द्र थियो। तर, आजको आन्दोलनमा पनि प्रसाईंको समर्थनमा अपेक्षित संख्यामा मानिसहरू उपस्थित भएनन्।

आन्दोलनकारीको संख्या घट्दै गएको छ। यसले फक्रिन नपाउँदै प्रसाईंको आन्दोलन तुहिएको चर्चा हुन थालेको छ।

यसबीचमा प्रसाईंले आगामी दिनमा आन्दोलनलाई कसरी अगाडि बढाउला भन्ने चासोको विषय बनेको छ।

तस्बिहरू :

 

         

प्रकाशित मिति : १० मंसिर २०८०, आईतवार १५:५४   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।