Logo

खेलकुद

नेपालका सामुदायिक विद्यालयका छात्रालाई आईसीसीको प्रशिक्षण



मोरङ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को सहयोगमा नेपालका सामुदायिक विद्यालयका छात्रालाई क्रिकेटप्रति जागरुक एवं प्रशिक्षण दिन सुरु गरिएको छ । बेलायतमा क्रिकेट क्षेत्रमा काम गर्दै आएको क्रिकेट विथ आउट बाउन्डरी र नेपाल क्रिकेट फाउन्डेसनद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा आजदेखि १० देखि २३ गतेसम्म १४ दिने सामुदायिक विद्यालयका छात्रालाई प्रशिक्षण दिन थालिएको जानकारी दिइयो ।

तल्लो तहदेखि र महिला क्रिकेट उत्थानका लागि कोशी प्रदेशको विराटनगर, इटहरी, धरान, धनकुटा तथा मधेस प्रदेशको राजविराज, लहान र कल्याणपुरमा खेलसामग्री प्रदान, क्रिकेटको प्रशिक्षण तथा प्रतियोगिता आयोजना गरिनेछ । आईसीसीकी सदस्य सारा वेगले नेपालका छात्रालाई क्रिकेटप्रति उत्साह तथा सीप प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जानकारी दिइन् । उनले विगतदेखि यस क्षेत्रमा वाउन्डरीमार्फत छात्रालाई खेल सामग्री सहयोग गर्नाका साथै फरक ढङ्गबाट दिएको प्रशिक्षणबाट अन्तर्राष्ट्रिय रुपमा खेल्ने खेलाडी तयार भएको उदाहरण रहेको बताइन् ।

फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले विगत छ वर्षदेखि छात्रालाई क्रिकेटको प्रशिक्षणबाट यस क्षेत्रमा नयाँ खेलाडी उत्पादन हुनाका साथै खेलाडीमा खेलप्रति जागरुक एवं आत्मबल बृद्धि भएको  विश्वास व्यक्त गरे ।

आईसीसीकाे प्रत्यक्ष निगरानीमा यही मङ्सिर १२ गते विराटनगरका सत्यनारायण, सरस्वती, महेन्द्र मावि र आदर्श बालिका विद्यालयका छात्राको क्रिकेट प्रतियोगिता हुने भएको छ । छात्रालाई क्रिकेटप्रति जागरुक गराउन एवं प्रशिक्षण दिन आईसीसीबाट अली मेकरेडी, गोलाण्ड हरिस, साकिव मिहास, सारा बेग, काज मिलहाल, रव वेली आएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८०, आईतवार २१:४७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।