Logo

मनोरञ्जन

सम्भव सिरोहियासँग यही मंसिरमा लगनगाँठाे कस्दै श्रृंखला खतिवडा



काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सञ्चार उद्यमी सम्भव सिरोहियाबीच मंसिर २८ गते विवाह हुने भएको छ । श्रृंखलाको पारिवारिक स्रोतका अनुसार राजधानीको एक होटलमा विवाह समारोह हुन लागेको हो ।

केही समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले असोज २८ गते यसलाई सार्वजनिक रुपमा स्वीकारेका थिए । अहिले दुवै जनाको परिवार विवाहको तयारीमा व्यस्त रहेको जनाइएको छ ।

नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी श्रृंखला पेशाले इन्जिनियर हुन् ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार १८:३७   :  बजे

384
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।