Logo

अर्थ

घट्यो पेट्रोल र डिजेलको मूल्य



काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएका छन् । भारती आयाल कर्पोेरेशन (आईओसी)ले बिहीबार घटाएर नयाँ मूल्यसूची पठाएसँगै निगमले पनि राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएका हो ।

जसअनुसार पट्रोल लिटरमा दुई रुपैयाँ र डिजेल तथा मट्टितेल ४/४ रुपैयाँले घटेको हो । एलपी ग्यासको मूल्य भने २१ रुपैयाँ १४ पैसाले बढेर आएको भएपनि निगमले वृद्धि गरेको छैन् ।

नयाँ मूल्य अनुसार अब पेट्रल प्रतिलिटर पहिलो, दोस्रो र तेस्रो वर्गमा क्रमशः १६७.५०, १६९ र १७० रुपैयाँ कायम भएको छ । यसैगरी डिजेल तथा मट्टितेल प्रतिलिटर १५७.५०, १५९ र १६० रुपैयाँमा बिक्री गरिने छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगंज पर्छ भने दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार २१:१५   :  बजे

423
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।