काठमाडाैँ । द भ्वाइस अफ नेपालको सिजन ५ बाट भोटिङ राउण्डमा प्रवेश गरेका प्रतिस्पर्धी कुमार प्रयास राई जिताऔं अभियान अघि बढाइएको छ । गायक पूर्ण राईको संयोजकत्वमा एक समिति गठन गरी अभियान शुरु गरिएको हो ।
समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अभियानको बारे जानकारी दिँदै आर्थिक, नैतिक वा सबै खालेको सहयोगको अपिल गरेको छ । समितिले आजैदेखि आर्थिक सहयोग संकलन गर्नको लागि बैंक खाता र क्यूआर कोड समेत विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ । द भ्वाइस अफ नेपालको आउने साताको शुक्रबारदेखि भोटिङ राउण्ड शुरु हुनेछ ।
पत्रकार सम्मेलनमा प्रमुख अतिथिरहनु भएका सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष एवं नेकपा माओवादी केन्द्र सोलुखुम्बुका संयोजक असिम राईले शभकामना दिँदै गीत गाएर पनि देश र समाजलाई अमूल्य योगदान दिन सकिने बताएका छन।

अध्यक्ष राईले कलाकार देशको गहना नभई, गौरव भएको बताउँदैै यस्तो बताएका हुुन ।पत्रकार सम्मेलनमा प्रतिस्पर्धी कुमार प्रयास राईलाई समर्थन र सहयोग गर्न व्यवसायी, कलाकार बिभिन्न संघ सस्थाताका प्रतिनिधि र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।






















प्रतिक्रिया