काठमाडौं । नेपालकी मेनुका पौडेलले स्वर भरेकी भारतीय फिल्म ‘सलार’काे गीत सार्वजनिक भएको छ । निर्माता कम्पनी हम्बेल पिक्चर्सले ‘सुरज ही चाहो बन्के..’ बोलको हिन्दी गीत युट्यूबमा रिलिज गरेको हो ।
पौडेलले केही दिनअघि यो गीत रेकर्ड गरेकी थिइन् । यो गीतसँगै औपचारिक रुपमा मेनुकाले भारतीय फिल्मको पाश्र्वगायनमा डेब्यु गरेकी छन् । गीतमा प्रभास र पृथ्वीराज सुकुमारणलाई चित्रण गरिएको छ ।
गीतलाई रवि बसरुरले संगीतबद्ध गरेका हुन् भने रिया मुखर्जीको शब्द रचना छ । इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुकाले आफूले सलार फिल्मको गीत रेकर्ड गरेको बताएकी थिइन् ।





















प्रतिक्रिया