काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले लगनगाँठो कसेकी छन् । श्रृङ्खलाले आज बिहीबार सञ्चार उद्यमी प्रेमी सम्भव सिरोहियासँग लगनगाँठो कसेकी हुन् ।
श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ । विवाह समारोहमा दुवै पक्षको परिवार, आफन्तजनदेखि पूर्वमिस नेपालहरु पनि सहभागी छन् ।
श्रृंखला र सम्भव करिब एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । श्रृङ्खलाले करिब दुई महिना अगाडि मात्रै संभवसँग आफ्नो अफेयरको बारेमा सार्वजनिक गरेकी थिइन् ।






















प्रतिक्रिया