काठमाडौं- काठमाडौंको मध्ये बानेश्वरस्थित भ्याली भ्यु स्कुलले आज विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।
नेपाल पर्यटन बोर्ड र टुरिज्म रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युटको सहकार्यमा आयोजित कार्यक्रमका वक्ताहरूले बागमती प्रदेशको पर्यटन प्रवर्द्धन गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए।
‘बागमती प्रदेशको पर्यटन र सम्भावना’ विषयक वक्तृत्वकला प्रतियोगितामा भ्याली भ्यू स्कुलका माध्यामिक तहमा अध्ययनरत ९ जना विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए।
वक्तृत्वकला प्रतियोगितामा भ्याली भ्यु स्कुलका विद्यार्थी युगान्तिका घिमिरे प्रथम, अनुष्का आचार्य द्वित्तीय र विशेष पौडेल तृतीय भएको स्कुलका प्राध्यानाध्यापक सुवाषचन्द्र भण्डारीले जानकारी दिए।
वक्तृत्वकलामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरष्कृत गरिएको छ।
साथै पर्यटकीय क्षेत्रको संरक्षण र स्थानीय पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले ११ सदस्यीय विद्यालय पर्यटन क्लब समेत गठन गरिएको स्कुलका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सन्तोष चापागाईले जानकारी दिए।





















प्रतिक्रिया