काठमाडौं। मिडिया स्पेस सोलुसन्स प्रालि, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालि र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिको आयोजनामा चौँथौँ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रर्दशनी आजदेखि सुरु भएको छ। अन्तर्राष्ट्रिय प्रर्दशनीकाे उद्घाटन नेपाल चेम्बर अफ कमर्ससका अध्यक्ष राजेन्द्र मल्लले गरेका हुन् ।
पुस ५, ६ र ७ गते भृकुटीमण्डप, काठमाडौंमा हुने उक्त प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरू रहने छन्।
नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनीमा तीन विशेषताहरू सम्मिलित छन्। प्रदर्शनी, सम्मेलन र साझेदारी गरी तीन विशेषता रहेको बताइएको छ। यी तीन विशेषताहरूलाई एउटै ठाउँमा ल्याई नेपालका विभिन्न उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्दछ।
नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम पनि गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कारदेखि नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ट गराउने छ भने नेपाल फाईभ पि प्रदर्शनिमा प्लास्टिक प्रोसेसिङ् मेसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मेसिन, प्रिन्टिङ् मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरूको सहभागिता रहेको छ।
यो प्रदर्शनीले विभिन्न देशका कम्पनिहरू र ब्राण्डहरू सहित बिजिनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने छ। यो एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालका उद्योगहरुलाई आवश्यक उचाईमा लिएर जानेछ भन्ने कुरामा आयोजक विश्वस्त छन्।
उक्त प्रदर्शनी मार्फत संचालन भएका उधोग र व्यापार व्यवसायहरलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसंग सात्क्षात्कार गराउनुका साथै बिभिन्न उद्योगहरु बिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन्।
नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनीमा आउन चाहने इच्छुकहरूलाई प्रवेश निःशुल्क गरिएको छ।
तस्बिरहरू :




































प्रतिक्रिया