Logo

समाचार

हृदयाघातबाट कसरी जोगिने?



मुटु मानव शरीरका लागि महत्त्वपूर्ण अंग हो। हामीले मुटुको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। स्वस्थ मुटुका लागि चुरोटको सेवन गर्नु हुँदैन। पछिल्लो समय युवा-युवतीमा चुरोट सेवनको तल बढ्दो छ। चुरोटको सेवन गर्ने व्यक्तिलाई हार्टअट्याकको एकदम जोखिम हुन्छ। युवाहरूलाई यसको सेवनबाट हार्टअट्याक हुने जोखिम झन बढी हुन्छ। त्यसैले चुरोटको सेवन पूर्णरूपमा बन्द गर्न जरुरी छ।

अल्कोहल र मदिराको सेवन पनि गर्नु हुँदैन। मदिराको सेवन धेरै गर्दा रक्तनलिमा क्लट बनेर हार्टअट्याक हुन सक्छ। अध्ययनहरूले पनि मदिरा सेवनमा रोक लगाएको छ। दैनिक शारीरिक व्यायक गर्नुपर्छ। स्वस्थ्य व्यक्तिले दैनिक ३० देखि ६० मिनेटसम्म हिँड्दा एक राम्रो हुन्छ। मुटु रोग भएका मानिसले एक घण्टा बढी हिँड्दा मुटु रोगको जोखिम कम हुन्छ। शारीरिक गतिविधि हुने जुनसुकै विधि पनि अपनाउन सकिन्छ। साइक्लिङ्, दौडिनेलगायत जुनसुकै विधि पनि अपनाउन सकिन्छ। आफ्नो शरीर र परिस्थितिलाई सुहाउँदो तरिका अपनाउनुपर्छ।

तौल नियन्त्रण गर्नुपर्छ। तौल बढि भएका कारण मुटु रोगको जोखिम छ भने तौल घटाएकै कारण पनि मुटु रोगको जोखिम घट्छ। तौल घटाउँदा स्वास्थ्यमा अन्य लाभ पनि हुन्छ। स्वस्थ आहारको सेवन पनि मुटु रोगबाट जोगिने उत्तम विकल्प हो। चुन, चिनि र चिल्लोमा नियन्त्रण गर्नुपर्छ। अस्वस्थ खानामा यी तीन कुरा पर्छन्। यी अस्वस्थ आहारले कोलेस्ट्रोल बढाउने, सु्गर बढाउने, ब्लड प्रेस बढाउने, तौल बढाउने गर्छ। त्यसैगरि जंग फुड खानु हुँदैन। नुनिलो नहुँदा, चिल्लो नहुँदा र गुलियो नहुँदा पनि यसको सेवनले मुटुलाई हानि गर्छ।

४० वर्ष पुगिसकेको छ र स्वास्थ्य जाँच गर्नु भएको छैन भने खाली पेटमा एक पटक स्वास्थ्य जाँच गर्नुपर्छ। त्यसमा सुगर र कोलेस्ट्रोलको जाँच गर्नुपर्छ।

प्रसस्त फलफूल, तरकारी, माछाको प्रयोग गर्नुपर्छ। दिनमा दुईदेखि तीन पटकसम्म ताजा फलफूल खानुपर्ने, तीनदेखि पाँच पटकसम्म हरियो सागपात, सलाद खायौं र सुद्ध माछा खाँदा मुटुरोगको जोखिमबाट बच्न सकिन्छ। माछालाई कम तेलमा फ्राइ नगरेर खाँदा त्यसमा भएको राम्रो कोलेस्ट्रोलले मानव स्वास्थ्यमा फाइदा गर्छ। सागपान र फलफूलको बढी प्रयोगले यसमा भएको फाइबरले हाम्रो खराव कोलेस्ट्रोललाई घटाएर राम्रो कोलेस्ट्रोललाई बढाउँछ। यसले हाम्रो रक्तचाप नियन्त्रण गर्छ। तौल घटाउँछ।

स्वस्थकर खाना स्वस्थ जीवनका लागि महत्त्वपूर्ण हुन्छ। धेरैलाई ड्राइ फ्रुट्स स्वास्थ्यका लागि नराम्रो भन्ने लाग्छ। त्यो गलत हो। ड्राइ फ्रुट पनि स्वास्थ्यका लागि राम्रो हुन्छ। यसमा भएको राम्रो कोलेस्ट्रोलले मटुमा ब्लकेजको सम्भावना घटाउँछ। सकेसम्म खानामा भातको मात्रा कम गर्नुपर्छ। बरु दाल, गेडागुडीको मात्रा बढायौं भने त्यो फाइदाजनक हुन्छ। मिलको चामल भन्दा उसिनेको चामल र त्यो भन्दा गहुँको प्रयोगले स्वास्थ्यमा निकै लाभ हुन्छ।

४० वर्ष पुगिसकेको छ र स्वास्थ्य जाँच गर्नु भएको छैन भने खाली पेटमा एक पटक स्वास्थ्य जाँच गर्नुपर्छ। त्यसमा सुगर र कोलेस्ट्रोलको जाँच गर्नुपर्छ। एक दुई महिनाको फरकमा रक्तचापको जाँच गर्नुपर्छ। सुगर, कोलेस्ट्रोल बढेको भए त्यसलाई तुरुन्तै नियन्त्रण गर्नुपर्छ। त्यसलाई औषधिको प्रयोग वा जीवनशैलीमा परिवर्तन ल्याएर नियन्त्रण गर्नुपर्छ। स्वस्थ व्यक्तिले पनि कहिलेकाहिँ स्वास्थ्य जाँच गर्नु राम्रो हुन्छ। यदि कुनै व्यक्तिलाई ब्लड प्रेसर, सुगर र कोलेस्ट्रोलको समस्या भएमा जसरी हुन्छ नियन्त्रण गर्नुपर्छ। त्यो नियन्त्रण गर्न नसकिएमा मुलु रोगको जोखिम उच्च हुन्छ र हार्टअट्याक हुन सक्छ।

धेरै व्यक्तिलाई हार्टअट्याक रोक्न मेडिकल प्रयोग गर्न सुझाव दिइन्छ। प्रेसर, सुगर र कोलेस्ट्रोलको औषधि चलाइन्छ। त्यो खानुहुन्छ भने त्यसको नछुटाइकन निरन्तर प्रयोग गर्नुपर्छ। अर्को महत्त्वपूर्ण कुरा भनेको मानसिक तनाव हो। तनाव र रिषलाई नियन्त्रण गर्नुपर्छ। तनाव र रिषलाई नियन्त्रण गर्दा पनि हामी मुटु रोगको जोखिमबाट बच्छौं। हामीले यी आनीबानी अपनाउँदा मुटुरोगबाट जोगिन सहयोग पुग्छ। यी आनीबानी अपनाउँदा स्वस्थ व्यक्तिलाई मुटु रोगको जोखिम कम हुन्छ र मुटुको समस्या भएका मानिसमा पनि टेवा पुग्छ। यसले डाबेटिज, उच्च कोलेस्ट्रोल, मुटु रोग लगायत थुप्रै स्वास्थ्य समस्याबाट बचाउँछ। क्यान्सर र फोक्सो सम्बन्धि समस्याबाट पनि हामी जोगिन सक्छौं।

प्रकाशित मिति : पुष ६, २०८० शुक्रबार  १ : ४४ बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।