Logo

आजको तस्बिर

मन्त्री किराँतीलाई बर्खास्त गर्न माग गर्दै संसद भवन घेराउ [तस्बिरहरू]



काठमाडौं- धर्मको विषयमा विवादास्पद अभिव्यक्ति दिएका पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै धार्मिक संघसंगठनले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

सनातन धर्माम्बलम्वीहरूले आज गौशालादेखि विभिन्न नाराबाजी गर्दै मन्त्री किराँतीको बर्खास्तीको मागसहित संसद भवन घेराउ गरेका हुन्। उनीहरूले शंख फुक्दै मन्त्री किराँतीको राजीनामा माग्दै प्रदर्शन गरेका हुन्।

मन्त्री किराँतीको अभिव्यक्तिले हिन्दुधर्मालम्वीहरूको आत्मसम्मानमा चोट पुगेको भन्दै उनीहरू आन्दोलित बनेका हुन्।

मन्त्री किराँतीको वक्तव्य गैरजिम्मेवार र असंवैधिानक भएको उनीहरूको भनाइ छ। प्रदर्शनमा सहभागीहरूले गैरजिम्मेवार मन्त्रीलाई बरखास्त गर, बिभेदकारी मन्त्रीलाई कारवाही गर, धर्मनिरपेक्षता खारेज गर लगायतका नारा लगाएका थिए।


प्रकाशित मिति : ९ पुष २०८०, सोमबार १५:२५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।