Logo

आजको तस्बिर

काठमाडौंमा ‘क्रिसमस डे’को रौनक (तस्बिरहरू)



काठमाडौं- इसाइ धर्मका प्रवर्तक येशु ख्रिष्टको जन्मदिन ‘क्रिसमस डे’ सोमबार नेपालमा पनि मनाइएको छ।

अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा क्रिसमस मनाइन्छ। आज अभिभावकले बालबालिकालाई मनोरञ्जनस्थल, सपिङ मल घुमाउने, उपहार किनिदिने, फिल्म हेराउने आदि गरेका छन्।

बालबालिकालाई लक्षित गरी सपिङ मलहरू सजाइएका छन्। त्यहाँ फोटो खिच्न बालबालिका र युवा युवती झुम्मिएका छन्।

क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाइने एक पर्व हो।

 

प्रकाशित मिति : पुष ९, २०८० सोमबार  ७ : ०९ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।