Logo

अचम्म

१४ वर्षीया बालिकाको हत्या गरेर शव रुखमा झुण्ड्याइयो अवस्थामा फेला



काठमाडौं- अमौर थाना इलाकाको हरिपुर पञ्चायतअन्तर्गत पर्ने हरिपुर गाउँको खरी टोलामा १४ वर्षीया बालिकाको हत्या गरी रुखमा झुण्ड्याइएको छ।

फाँटमा झुण्डिएको शव देखेर स्थानीय स्तब्ध भएका छन्। अपहरणकारीले पहिले बालिकाको घाँटी काटेर रुखमा झुण्ड्याएका थिए। शव हरिपुर खरी टोला गाउँपालिका निवासी समसुल जामाकी छोरीको रहेको स्थानीय अधिकारीले बताएका छन्।

घटनाको अनुसन्धान गर्न फरेन्सिक टोली घटनास्थल पुगेको छ। प्रहरीले वरपरका क्षेत्रबाट प्रमाण संकलन गर्ने प्रयास गरिरहेको छ।

घटना छिट्टै सार्वजनिक गरी दोषीलाई जेल चलान गरिने प्रहरीले जनाएको छ। शवलाई स्कार्फले बाँधेर झुण्डिएको थियो। राति आमाको छेउमा सुतिरहेकी बालिकाको अपहरण भएको थियो।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि सरकारी मेडिकल कलेज अस्पताल पठाएको छ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार ०८:१६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।