Logo

कोरोना पछिको खेलमा फर्किएसंगै रोनाल्डोको दुई गोल



कोरोनाभाइरसको संक्रमणपछि दुई हप्ता मैदानबाहिर रहेका क्रिस्टियानो रोनाल्डो मैदान फर्किएसँगै आफ्नो पहिलो खेलमा दुई गोल गरेका छन् । रोनाल्डोको दुइ गोलको मद्धतमा स्पेजियमाथि युभेन्टसले ४–१ को सहज जीत हासिल गर्न सफल भएको छ । कोरोना भाइरसका कारण ४ खेल गुमाएका रोनाल्डो दोस्रो हाफमा सब्सटिट्युटका रुपमा मैदान प्रवेश गरेको तीन मिनेटभित्र नै गोल गरेका थिए ।

खेल १–१ को बराबरीमा रहेको बेला रोनाल्डोले गोल गर्दै युभेलाई अग्रता दिलाए । ७६ औँ मिनेटमा उनले पेनाल्टीबाट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको अन्त्यमा एड्रियन राबियोटले टीमको लागि चौथो गोल गरे ।

यसअघि अल्भारो मोराटाले खेलको १४ औँ मिनेटमा युभेन्टसलाई अग्रता दिलाए पनि टोमासो पोबेगाले बराबरी गोल फर्काएका थिए । जीतसँगै १२ अंक बटुल्दै साबिक विजेता टोली लिगको तेस्रो स्थानमा उक्लेको छ । जितसंगै शिर्ष स्थानमा रहेको एसी मिलानसंग युभेन्टस ४ अंकले पछि रहेको छ ।

रोनाल्डोलाई गत १३ अक्टुबरमा कोरोना पोजेटिभ भएको थियो । कोरोना भाइरसका कारण गत बुधबार च्याम्पियन्स लिगमा बार्सिलोनाबिरुद्धको खेल उनले गुमाएका थिए ।

      

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार ११:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।