Logo

आजको तस्बिर

यसरी छणभरमै खरानी भयो मन्त्री ज्वाला सवार गाडी [तस्बिरहरू]



काठमाडौं । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी भएको छ। कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका हुन्।

मन्त्री ज्वाला सवार बा२झ ५८६१ नम्बरको गाडीमा आगजनी भएको र गाडी जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले जनाएको छ।

मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले आगजनी गरेका थिए। प्रदर्शनकारीले सडक अबरुद्ध पारेका छन्।

तस्बिरहरू :

 

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार १३:२९   :  बजे

1.7K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।