Logo

अन्तर्वार्ता

नियमित चुरोट र रक्सीको सेवनले दिमागका नसा सुकेर जान्छन् : डा. राजीव झा [अन्तर्वार्ता]



काठमाडौं ।  स्वस्थ आहार र व्यवहार मानव जीवनका लागि अति नै महत्त्वपूर्ण कुरा हुन्। हामीले खाने खाना र आनीबानीले शरीरमा सकरात्मक तथा नकरात्मक प्रभाव पारिरहेको हुन्छ। त्यसमा पनि नसालु पर्दार्थको सेवन स्वास्थ्यका लागि थप हानिकरक हुन्छ। रक्सी स्नायु प्रणालीमा प्रभाव पर्छ। रक्सीको सेवनले आनन्द र उत्तेजना महसुष हुन्छ। जब रक्सीको मात्रा बढ्दै जान्छ, यसले सम्पूर्ण शरीरलाई आफ्नो वशमा पार्छ। आज अनलाइन पानाका लागि यज्ञराज जोशीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ स्नायु रोग विशेषज्ञ एवं स्नायु विभाग प्रमुख प्रा. डा. राजीव झासँग नसाको ख्याल कसरी गर्ने भन्ने विषयमा संक्षिप्त संवाद गरेका छन्।

नसा सम्बन्धि रोगबाट जोगिन हामीले के गर्नुपर्छ?

नसा हाम्रो शरीरको हरेक भागमा पुगेको हुन्छ। रौमा पनि नसा पुगेको हुन्छ। रौ तान्दा हामीलाई ‘सेन्स’ महशुस हुन्छ। त्यसको कनेक्सन पनि दिमागसँग छ। त्यसैले मेरो कपाल तानियो भनेर दिमागले थाहा पाउँछ। खुट्टाको नङदेखि शरीरका सबै अंकमा नसा हुन्छ। हामीले स्वास फेर्छौ। मुटुहरूको चाल छ। शरीरका सबै कार्यलाई नसाले नै कन्ट्रोल गरेको हुन्छ। मानव शरीरलाई एउटा ठूलो वृक्षको रूपमा लिनुपर्छ। एउटा वृक्ष हुन्छ। त्यसको हाँगाहरू हुन्छन्। नसा पनि त्यस्तै हो। मेन ब्रेन र त्यसको स्पाइनल कोर्ड हुन्छ। त्यहाँबाट यस्तै हाँका निस्केको हुन्छ। जुन हाम्रो शरीरको प्रत्येक भागमा पुगेको हुन्छ। यो देखिँदैन। निकै सुक्ष्म हुन्छ। हामीले साना न्यूरोनहरूलाई देख्दैनौं। हामीले देख्ने भनेको त ठूला नसालाई मात्र हो।

साधारण चोट, साधारण रोग र साधारण कमिकमजोरीले गर्दा मानिसलाई जीवनभरको अपाहिज बनाउनेदेखि कोमासम्म पुर्‍याउने अवस्थामा नसासम्बन्धिको समस्याले लैजान सक्छ। त्यसैले नसाको हेरविचार निकै महत्त्वपूर्ण छ। स्वस्थ रहनाका लागि स्वच्छकर खानेकुरा खाने गर्नुपर्छ। कुलतको सेवन गर्नु हुँदैन। चुरोट र रक्सी खानु हु्ँदैन। यसले मानव शरीरमा रहेका नसालाई वरवाद गरिदिन्छ। कोही मानिस ३० वर्षको छ र १०/१५ वर्षदेखि नियमित चुरोट, रक्सी सेवन गरिरहेको छ भने उसको दिमागको स्क्यान गरेर हेर्दा ७०/८० वर्षको मानिसको जस्तो भइसकेको हुन्छ। सुकिसकेको हुन्छ। अरु नसाहरू पनि कमजोर भएर जान्छन्।

चुरोट र रक्सी खानु हुँदैन। नसाको लागि यो नराम्रो चिज हो। यसले नसा सुकाउँदै जान्छ। नसाहरू कमजोर भएर जान्छ।

एक्सरसाइज पनि गर्नुपर्छ। एक्सरसाइज भनेको फिजिकलमात्र होइन, जिम गएरमात्र हुँदैन। मानसिक एक्सरसाइज पनि गर्नुपर्छ। दिमाग जति चलाउन खोज्यो त्यो त्यत्तिनै साफ हुँदै जान्छ। आँखा चिम्लेर निदायो भने दिमागले काम गरेको हुँदैन। सव कन्सेस अलिअलिमात्र काम गरेको हुन्छ। निन्द्रामा भएको मानिस मृत्यु सरह हुन्छ। त्यसैले दिमागलाई सक्रिय मनाउन चलाइराख्नुपर्छ। त्यसका लागि राम्रो मेन्टल एक्सरसाइज गर्ने, राम्रो सोच राख्ने, राम्रो पजलहरू, राम्रा खेलहरू खेल्ने, राम्रा कार्यहरू गर्ने गर्नुपर्छ। राम्रा कुरा पढ्नुपर्छ। पढाइ दिमागका लागि एकदम राम्रो चिज हो। त्यसले दिमागलाई सक्रिय तुल्याउँछ। यसो गर्दा दिमागले राम्रा क्यामिकल शरीरमा प्रवाहित गर्छ। जसले आनन्दित महशुस हुन्छ। यसले रिष आउने हुँदैन। डिप्रेसनमा जाने हुँदैन। रिष उठ्ने, डिप्रेसनमा जाने क्यामिकल दिमागबाटै उत्पन्न हुन्छ। राम्रो सोच्दा राम्रो हर्मन प्रवाहित भएर नसा राम्रो हुन्छ। खराव बानीका कारण एग्रेसिप हर्मन पैदा भएर त्यस्तै खराब असर गरिरहेको हुन्छ।

हामीले ब्रेनलाई खुसी राख्न सक्यौं भने लामो आयु बाच्न सक्दा रैछौं नी है?

अवस्य पनि हो। नसाको रोगको संक्रमण बढ्दो छ। त्यसमा पनि डिप्रेसनबाट ग्रसितको संख्या बढ्दो छ। अर्को एन्जाइटी डिसअर्डर। यी दुई रोग दिनहुँ क्रमिक रूपमा बढ्दै गइरहेको छ। हाम्रो शरीरमा राम्रो क्यामिकल प्रवाहित हुँदा त्यसले आयु बढाउँदै लग्छ। राम्रो सोचले आयुले ठूलो प्रभाव पर्छ।

खानपानले शरीरमा ठूलो असर गर्छ, हामीले कस्तो खाना खाँदा शरीरमा सुविचार प्रवाहित हुन्छ?

न्यूट्रिसन शरीरको अरु भागलाई जस्तो चाहिन्छ दिमागलाई पनि त्यस्तै चाहिन्छ। चुरोट र रक्सी खानु हुँदैन। नसाको लागि यो नराम्रो चिज हो। यसले नसा सुकाउँदै जान्छ। नसाहरू कमजोर भएर जान्छ।

जीवनशैली नै नसा सम्बन्धि समस्याको प्रमुख कारण हो नी है डाक्टर साप?

जीवनशैली नसा सम्बन्धि समस्याको प्रमुख कारण हो। हामी कुन समयमा उठ्छौंदेखि सुत्ने समयसम्म जीवनशैली कस्तो छ भन्ने कुराले महत्त्व राख्छ। हामीले उठेर मानसिक रूपमा कति फ्रि हुनुहुन्छ? समयमा खाना खाने सेडुल के छ? खाजा खानु भएको छ? के खानु भएको छ? तपाईंको कार्य कस्तो छ? आफ्नो कार्यबाट सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्छ? कत्तिको शारीरिक व्यायम गर्नुहुन्छ? कत्तिको सामाजिक हुनुहुन्छ जस्ता क्रियाकलापले मान्छेको आयुमा र जीवनशैलीमा धेरै फरक पारेको हुन्छ।

प्रकाशित मिति : १६ पुष २०८०, सोमबार १६:०५   :  बजे

330
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।