Logo

आजको तस्बिर

सिभिल हस्पिटलका कर्मचारीहरू पाँच दिनदेखि आन्दोलित



काठमाडौं । सिभिल सर्भिस अस्पतालमा कार्यरत करार कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आफ्ना विभिन्न माग राख्दै गत १३ गते देखि प्रदर्शन गरिरहेका छन् ।

कर्मचारीहरूले आन्तरिक प्रतिस्पर्धाबाट पदोन्नति गर्ने निर्णयविरुद्ध विभिन्न ६ बुँदे माग राख्दै कालो ब्यानर र प्ले कार्ड प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘१२ वर्ष देखिको सेवाको कार्य मूल्याङ्कन खोइ, कार्य सेवा मूल्याङ्कन गर, कर्मचारीलाई उपदानको व्यवस्था गर, १२ वर्ष देखिको सेवाको कार्य मूल्याङ्कन खोइ भन्दा अस्पताल के भन्छ ? सेवा छोडेर जाऊ भन्छ’ भन्ने नारासहितको प्ले कार्डसहित प्रदर्शन गरेका छन् ।

लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरूको पूर्ववत् सेवा र सुविधालाई निरन्तरता दिनुपर्ने र स्थायी प्रक्रियामा लैजानुपर्ने माग समेत कर्मचारी संघर्ष समितिले अगाडी बढाएको छ ।

तस्बिरहरू :

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार १६:१०   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।