Logo

समाचार

‘मृत्युको तेस्रो कारण बनिरहेको स्ट्रोकलाई सामान्य रूपमा नलिऊ’



मस्तिष्कमा रक्त सञ्चार बन्द हुने वा अचानक मस्तिष्कमा रगतको नसा फुट्ने आपतकालीन अवस्था मस्तिष्कघात हो। मस्तिष्कघात हुँदा शरीरमा रगतको आपूर्ति हुन पाउँदै‌न। मस्तिष्कमा अक्सिजन अभाव हुन्छ। यस्तोमा कोषिकाहरूले अक्सिजन र पोषण रगतबाट पाउन सक्दैनन्। यी दुई बिना दिमागको कोष विस्तारै मर्दै जान्छन्।

जाडोको मौसममा मस्तिष्कघातको बढी जोखिम हुन्छ। जाडौ मौसम मस्तिष्कघातका लागि उच्च जोखिमयुक्त समय मानिन्छ। अहिले हाम्रो नसा सम्बन्धिका वार्डमा १०० जना मध्ये करिव ६५/६५ प्रतिशत मानिस मस्तिष्कघात भएर आउँछन्।

जाडोमा दुई किसिमको स्ट्रोक हुन्छ। एउटा ब्रेन ह्याम्ब्रेज, अर्को दिमागको नसा सुकेको हुन्छ। दुवै स्थितिमा आउने मानिस हामी कहाँ आउँदा प्यारेलाइसिस भइसकेका हुन्छन्। कि कोमामा गइसकेका हुन्छन्। कतिपयले त अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै जान गुमाइसकेका हुन्छन्। स्यानोतिनो प्यारालाइसिस जस्तो: आवाज नआउने, शरीरका केही भाग नचल्ने, नसा नचल्ने, स्वाद थाहा नपाउने समस्या ल्याएर आइरहनु भएको हुन्छ।

स्ट्रोक एकदम बढ्दै गएको छ। यो मृत्यु हुने तेस्रो कारण हो। स्ट्रोकबाट भइरहेको मृत्युदरलाई हेर्दा अबको पाँच/सात वर्षमा मृत्युको प्रमुख कारण हुने प्रक्षेपण गरिएको छ।

यसबाट जोगिन हामीले ठूलो सावधानी अपनाउनुपर्छ। अस्वस्थ जीवनशैली भए त्यसमा परिवर्तन गर्नुपर्छ। पूरा निन्द्रा सुत्नुपर्छ। हप्ताको पाँच दिन प्रत्येक दिन बिहान २० मिनेट शारीरिक व्यायमका लागि समय दिनुपर्छ। सुगर, प्रेसरको समस्या मयमा समयकै उपचार गर्नुपर्छ। अर्को याद गर्नु पर्ने कुरा भनेको ४० वर्षपछि बेला-बेला स्वास्थ्य जाच गरिराख्नुपर्छ। प्रेसर, सुगर, फोक्सो, पेटको अवस्थाको बारेमा जाँच गरिराख्नुपर्छ।

यस्ता कुराको समस्या हामीले बेलैमा पत्ता लगाउन सक्यौं भने स्ट्रोकको जोखिम कम रहन्छ। हामी प्यारालाइसिस, बेहोस्, उल्टि भइसकेपछिमात्र अस्पताल पुग्छौं। हामीले गाडिको सर्भिसिङ छ/छ महिनामा गर्छौं। आफ्नो स्वास्थ्यको बारेमा ख्याल गर्दैनौं।

त्यसैले ४० वर्ष पुगेपछि एक दुई वर्षमा स्वास्थ्यको पूर्ण जाँच गर्नुपर्छ। त्यस्तो गर्न सकेमा हामी स्वास्थ्यमा हुने थुप्रै समसयाबाट जोगिन सक्छौं। स्ट्रोकको जोखिम महिला र पुरुष दुवैमा उत्तिकै हुन्छ। तर, यसबाट महिलाहरू बढी ग्रसित हुने गरेको पाइएको छ। यो दुर्भाग्यपूर्ण हो।

(झासँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित मिति : २२ पुष २०८०, आईतवार १४:२६   :  बजे

237
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।