काठमाडौं- कालु पाँडेसँग आधुनिक नेपाल एकीकरणको गौरबशाली इतिहास जोडिएको छ। पाँडेको जन्म वि.सं. १७७० मा गोरखामा भएको हो। पाँडे पृथ्वीनारायण शाहका सेनापति थिए।
आधुनिक नेपालको एकीकरणमा काजी कालु पाँडेको दूरदर्शीता र बलिदानीको इतिहास निकै गर्विलो रहेको छ।
मुलुकको भौगोलिक विस्तारका लागि कालु पाँडेले देखाएको दूरदर्शीता र देशभक्तिका लागि जीवनको उत्सर्ग गरेको घटनालाई अबका पिँढीले प्रेरणाका रुपमा लिन सक्छन्।
काजी कालु पाँडेले वि.सं. १८१४ जेठ १९ मा कीर्तिपुरको युद्धमा विगरगति प्राप्त गरेका थिए। चन्द्रागिरी नगरपालिका–१ दहचोकबाट गोर्खाली सेनाले कीर्तिपुर आक्रमणका लागि योजना बनाउँदै आएको थियो।
सोही क्रममा वि.सं. १८१४ जेठ १९ मा कालु पाँडेको नेतृत्वमा कीर्तिपुर राज्यमाथि आक्रमण गरियो। सानो संख्यामा रहेको सैन्य टुकुटीले आक्रमण गरेका कारण पृथ्वीनारायण शाह पराजित हुन पुगे र आफ्नो विश्वास पात्र कालु पाँडेलाई गुमाउन पुगे।
युद्धमा जानु पहिले काँलु पाडेले आफूले विरगति प्राप्त गरेमा दहचोकमा गाडि दिन भनेका थिए। मृत्यु पश्चात उनलाई उनको इच्छा अनुसार नै दहचोकमा गाडिएको थियो। र, यतिबेला पाँडे समाजले उनको नाममा ट्रस्ट नै निर्माण गरेर समाधिस्थललाई व्यवस्थित तुल्याएको छ।
समाधिस्थलमा उनको पूर्ण कदको शालिक निर्माण गरिएको छ। उनको योगदानको चर्चा गरिएको छ। पार्क निर्माण गरिएको छ। समाधिस्थललाई पूर्ण व्यवस्थित तुल्याइएको छ।






































प्रतिक्रिया