चरीकोट- दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय कालिन्चोकसहित उच्च हिमाली क्षेत्रमा मंगलबार दिउँसोबाट हिमपात सुरु भएको छ।
मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि कालिन्चोक क्षेत्रमा हिमपात सुरु भएको हो। दिउँसोबाट सुरु भएको हिमपात निरन्तर जारी रहेको बताइएको छ।
जिल्लाको मुख्य पर्यटकीय स्थलका रूपमा चिनिने कालिन्चोक, जिरी, शैलुङ र खरीढुङ्गालगायतका क्षेत्रमा पनि हिमपात सुरु भएको छ।
तीन हजार आठ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोकमा मंगलबार दिउँसोबाट हिमपात सुरु भएको थियो। निरन्तर हिमपात भएका कारण कालिञ्चोक मन्दिरलगायत आसपासका पहाड र कुरी बजारसमेत सेताम्य भएको छ।
हिउँ परेपछि कालिञ्चोकमा पर्यटकको आगमनमा वृद्धि भएको छ। कालिन्चोकको कुरी, मन्दिर रहेको टापु, गणेश थुम्का, गैरीलगायत ठाउँमा हिमपात भएको स्थानीयले बताएका छन्।























प्रतिक्रिया